दुर्गा प्रसाईंलाई कारबाही गर्न माग गर्दै नेविसंघद्वारा महिला आयोगमा उजुरी

५ बर्ष अगाडि

झापा विर्तामोडस्थित बिएण्डसी मेडिकल कलेजका प्रबन्ध निर्देशक दुर्गा प्रसाईंलाई कारबाहीको माग गर्न नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले राष्ट्रिय महिला आयोगमा उजुरी दिएको छ।
ुप्रसाईंले पत्रकार सम्मेलनमै चिकित्सा शिक्षामा उच्च शिक्षा हासिल गर्न विदेश जाने छात्राहरूलाई त्यहाँका प्रोफेसरहरूले करणी गरी राख्नेु भन्ने गलत अभिव्यक्ति दिएको भन्दै नेविसंघले कारबाही माग्दै उजुरी दिएको हो। महिलाहरूको अस्मितामा धावा बोल्नेलाई कारबाही गर्नुपर्ने माग गर्दै नेविसंघकी केन्द्रीय सदस्य जानुका पन्तले बिहिबार आयोगमा उजुरी दिएकी हुन्।
ुमहिलाको चरित्र हत्या गर्ने छुट प्रसाईंलाई कुनै कानूनले दिएको छैनु नेविसंघले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ुप्रसाईंलाई कारबाही नगरी त्यसै छाड्दा उसको उदण्ड व्यवहारलाई थप प्रोत्साहन हुन्छ।ु नेबि सघ केन्द्रिय सदस्य जानुका पन्त,नमराज त्रिपाठी,बिद्यार्थी नेताहरु तुलसा  पन्त ,सुमधुर बराल ,फोड्स अध्यक्ष सुबास घिमिरे लगायतका विद्यार्थी नेताकार्यकर्ता महिला आयोग पुगेको केन्द्रिय सदस्य सुशील भट्टले जानकारी दीय ।

५ बर्ष अगाडि

प्रतिक्रिया