अमेरिकी राष्ट्रपतिको बक्सर फोटो यसरी बन्यो भाइरल

विहीबार, १२ मंसिर २०७६, ११ : २४

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बेलाबेला विभिन्न क्रियाकलापका कारण चर्चा र विवादमा आउने गर्छन् । सन् २०१६ को राष्ट्रपतीय निर्वाचनको अभियान सुरु गनुअघि उनी एक रियल स्टेटका व्यापारी र अमेरिकी अर्बपति थिए ।

उनले सुन्दरी प्रतियोगिता आयोजना गर्थे र रेस्लिङका रिङमा भेटिन्थे । राष्ट्रपति बनेपछि उनको दिनचर्या फेरियो ।

तर उनी अहिले पनि ती दिनहरुलाई सम्झना गर्दैछन् भन्ने उनैले गरेको एक ट्विटले देखाएको छ । ट्रम्पले बुधबार आफ्नो ट्विटर ह्यान्डलबाट एउटा ट्विट गरे ।

जुन ट्विटमा सार्वजनिक गरेको फोटोमा उनी बक्सर बनेका छन् । सो फोटोमा उनले कुनै क्याप्सन लेखेका छैनन् ।

विहीबार, १२ मंसिर २०७६, ११ : २४

प्रतिक्रिया