काठमाडौैं – बागलुङको बडिगाड गाउँपालिकाको २ नम्बर वडाध्यक्षमा नेकपाका ढालेन्द्र शेरचन विजय भएका छन् । उनले ७०४ मत लिएर उक्त पदमा विजय भएका हुन् ।
शनिबारको निर्वाचनमा शेरचनका प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार डिलबहादुर रानाले ४१२ मात्र लिएिका थिए ।
समाजवादी पार्टीका हरिलाल रानाले ६ मत मात्र लिएका छन् । निर्वाचन अधिकृतको कार्यालयअनुसार चुनावमा १ हजार १ सय ३४ मत खसेको थियो ।जसमा १२ मत बदर भएको बताइएको छ ।
उक्त ठाउँमा यसअघि पनि नेकपाले नै जितेको थियो। तत्कालिन एमालेका विष्णुप्रसाद भुषालले चुनाव जितेका थिए । पछि भुषाल जिल्ला समन्वय समितिको उपप्रमुख भएपछि उक्त पद रिक्त थियो ।
प्रतिक्रिया