काठमाडौँ । साताको पहिलो दिन सुनको मूल्य रु ३०० ले बढेको छ। चाँदीको मूल्य भने स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा ७१ हजार ६०० मा कारोबार भएको हो । शुक्रबार छापावाल सुनको मूल्य ७१ हजार ३०० रहेको थियो ।
यस्तै तेजावी सुन तोलामा ७१ हजार ३०० मा कारोबार भएको छ ।
चाँदी भने शुक्रबारकै मूल्य रु ८५५ मा कारोबार भएको महासंघले जनाएको छ ।
प्रतिक्रिया