सरकारले नै मलेसिया कामदार पठाउने सम्भावना

५ बर्ष अगाडि

 
काठमाडौं–जस्तै सरकारीस्तरबाटै वैदेशिक रोजगारीमा मलेसिया जाने व्यवस्था हुने सम्भावना देखिएको छ । म्यानपावर कम्पनी र अन्य विभिन्न निजी कम्पनीबाट कामदार ठगिएको भन्दै नेपाल र मलेसिया दुवै मुलुक सरकारीस्तरबाटै कामदार पठाउने व्यवस्था गर्न सकारात्मक देखिएका हुन् ।

मलेसिया सरकारले हालै नेपाली कामदार पुनः मलेसिया ल्याउने विकल्प दुई सरकारबीचको संयन्त्र ‘गभर्मेन्ट–टु–गभर्मेन्ट’ (जिटुजी) नै भएको प्रतिक्रिया दिएको छ । नेपाली कामदारमाथि मलेसिया जानुअघि नै ठगी भइरहेको पाइएपछि नेपाल सरकारले अहिले मलेसिया श्रमिक पठाउन बन्द गरेको छ । अाजकाे नयाँ पत्रिका दैनिकमा खबर छापिएकाे छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया