यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान, राती भारी वर्षा

५ बर्ष अगाडि

काठमाडौं–जल तथा मौसन पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसमको पूर्वानुमान गरेको छ ।  
महाशाखाले शुक्रबार दिउँसो र राति देशभर सामान्य देखि पूर्ण बदली रही देशको धेरै स्थानहरूमा हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना रहेको जनाएको छ । यस्तै  रातको समयमा देशका एक वा दुई स्थानमा भारि बर्षाको पनि सम्भावना रहेको पनि महाशाखाले जनाएको छ । 

यस्तै शनिबार दिउँसो र राति देशभर सामान्य देखि पूर्ण बदली रही देशका धेरै स्थानहरूमा हल्का देखि मध्यम खालको वर्षाको सम्भावना रहेको पनि मशाखाले जनाएको छ। यस्तै दिउँसो र रातको  समयमा मध्य र पुर्वका एक दुई स्थानमा भारि बर्षाको पनि सम्भावना रहेको छ।
 

यस्तै  दिउँसो र राति देशभर सामान्य देखि पूर्ण बदली रही देशका धेरै स्थानहरूमा हल्का देखि मध्यम खालको वर्षाको सम्भावना छ। यस्तै दिउँसोको समयमा मध्यमा र रातको समयमा देशका एक दुइ स्थानमा भारि बर्षाको सम्भाबना रहेको पनि मशाखाले जनाएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया