गोली प्रहार गरी एक युवकको हत्या

५ बर्ष अगाडि

धनुषा- गोली प्रहार गरी यहाँ एक युवकको हत्या गरिएको छ । 

जिल्ला प्रहरी कार्यालय धनुषाले दिएको जानकारीअनुसार धनुषाको जनकनन्दनी गाउँपालिका–१ इनरुवा टोल रेल्वे स्टेशन हल्ट नजिकै आज बिहान एक युवकलाई गोली हानी हत्या गरिएको हो । हत्या हुनेमा कमला नगरपालिका–८ सोनापार बस्ने २५ वर्षीय राजेश यादव रहेका छन् । यादवलाई अज्ञात समूहले गोली हानी हत्या गरेको हो । 

घटनास्थलबाट ज५प ६३२१ नंको मोटरसाइकल बरामद भएको छ भने एक थान पेस्तोलसहित तीन राउण्ड गोलीको खोकासमेत बरामद भएको प्रहरीले जनाएको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया