नेकपाले तोक्यो स्थानीय तहका इञ्चार्ज र सहइञ्चार्ज

४ बर्ष अगाडि

नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० इलामका विभिन्न नगर तथा गाउँपालिकाका इञ्चार्ज र सहइञ्चार्ज  चयन गरिएको छ ।  नेकपा इलामको सचिवालय बैठकको निर्णयबाट सर्वसम्मतबाट इञ्चार्ज र सहइञ्चार्ज चयन गरिएको हो । 

नेकपाको  इलाम नगरपालिकाका इञ्चार्जमा  भक्त केसी र सहइञ्चार्जमा कृष्ण श्रेष्ठ र जीवन शर्मा ढुङ्गाना, सूर्योदय नगरपालिकाका इन्चार्जमा तेजबहादुर राई, सहइन्चार्ज आरबी राई र नरेश तामाङ चयन भएका छन्। यस्तै, देउमाई नगरपालिकाका इञ्चार्जमा शान्ता बस्नेत, सहइन्चार्ज सूर्य पोखरेल र गोविन्द न्यौपाने, माई नगरपालिकाका इञ्चार्जमा महेश बस्नेत, सहइन्चार्जमा बुद्धि खनाल र  दीपक सिन्चुरी रहनुभएको नेकपाले जनाएको छ । 

यसैगरी गाउँपालिकामध्ये चुलाचुली गाउँपालिकाका इन्चार्जमा ओमनारायण खनाल, सहइन्चार्ज विन्दु विश्वकर्मा र न्युसन राई, माङ्सेबुङ गाउँपालिकाका इन्चार्जमा किरणकुमार राई, सहइन्चार्जमा तारा पौडेल रहेका छन्। फाकफोकथुम गाउँपालिकाका इन्चार्जमा राजकुमार थापा, सहइन्चार्जमा छत्र सुब्बा, सन्दकपुर गाउँपालिकाका इञ्चार्जमा उमेश गुरुङ, सहइन्चार्जमा याम राई र भोजप्रसाद खतिवडा चयन गरिएको नेकपाका कार्यालय सचिव नवराज शङ्करले जानकारी दिए ।

माईजोगमाई गाउँपालिकाकाा इन्चार्जमा कुवीरमान राई, सहइन्चार्जमा जीतबहादुर राई र दाताराम सञ्जेल, रोङ गाउँपालिकाका इन्चार्जमा चित्रकला बराइली, सहइन्चार्जमा देवकुमार राई र विष्णुमाया खवास चयन भएका छन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया