कार चलाउदैँ हुनुहुन्छ ? ध्यान दिनुस् यी ७ कुरामा

४ बर्ष अगाडि

कार चलाउन शौखिन व्यक्तिले कार सम्बन्धी केही जानकारी राख्नु अति आवश्यक हुन्छ । नियमित कार चलाउँदा होस वा पहिलो पटक चलाउँदा होस कहिलेकाही अन्जानमा केही गल्ती हुन सक्छ । त्यसैले कारलाई सही कन्डिसनमा राख्नको लागि कारको नियमित रेखदेख गरिरहनु पर्छ । यदि तपाई कार चलाउनु हुन्छ भने तलका ७ तरिका तपाईको लागि फाइदाजनक हुन सक्छ ।

१.टायर प्रेसर जाँच
अधिकांश कार चलाएको समयमा टायरको प्रेसर कम वा अधिक हुन जान्छ । यसले इन्धनको ज्यादा खपत हुन जान्छ र ड्राइभिङ्ग क्षमता प्रभावित हुन्छ । यसका कारण कार दुर्घटना हुने सम्भावना बढ्न थाल्छ । यस्तो परिस्थितिबाट बच्नको लागि समय समयमा कारमा हावाको प्रेसर जाँच गराइरहनु पर्छ ।

२.अचानक ब्रेक र स्पिड
कार चलाउँदा चालकले उत्साहमा आएर वा केही कारणवश अचानक ब्रेक लगाउने वा स्पिड बढाउने गरेको पाइन्छ । यस्तो ड्राईभिङले कारको गियरबक्स र इन्जिनमा खराबी ल्याउछ । यसले ब्रेक प्याड र ब्रेक डिस्क चाडै खराब गर्छ । साथै दुर्घटना हुने सम्भावना पनि निकै बढी हुन्छ ।

३.सही पार्किङ
कार पार्किङ गर्दा जहिले पनि गाडीलाई पुरै रोकेर मात्र ब्रेक परिवर्तन गर्नु पर्छ । कतिपय ड्राइभरहरु गाडीलाई पुरै नरोकेर ब्रेक चेन्ज गर्न खोज्छन् । यसबाट बच्नु पर्छ ।

४.कारको ड्यासबोर्डको सिम्बोलमा ध्यान
कारमा भएको ड्यासबोर्डमा भएको विभिन्न संकेतले चालकलाई समय समयमा चेतावनी दिइरहेको हुन्छ । जस्तैः इन्जिनको तापक्रम बढी भएको, इलेक्ट्रिकल सिस्टममा केही गडबढी भएको, ब्रेकको फ्युल लेभल कम भएको आदि । यी कुराहरुलाई हेलचेक्र्याई नगरि समयमै जाँच गराउनु पर्छ । यसले कारको कन्डिसन राम्रो बनाएको हुन्छ ।

५.कार समय समयमा जाँच गराउनु
कार होस वा अन्य कुनै चिज हेरविचार गर्नु अति आवश्यक छ । यदि उचित मात्रामा कारको रेखदेख गर्न सकिएन भने कार चाँडै विग्रने डर हुन्छ । उदाहरणको लागि कार लगभग १००० किमि गुडिसकेपछि जहिले पनि कारको तेल जाँच गराउनु पर्छ र लगभग ४०० किलोमिटरमा कारको एयर फिल्टर बदल्नु पर्छ । हरेक दिन जसो कारको आयल लेभल, टायर प्रेसर, विन्डसिल्ड आदि चेक गराउनु पर्छ ।

६.ओभरलोडिङ नगर्नु
कहिलेकाहिं कारमा जानाजान ओभरलोड भइरहेको हुन्छ । आवश्यक भन्दा बढी लोड गरि कार गुडाउँदा कारको सस्पेन्सन, स्टेयरिङ, ट्रान्समिसन, टायर र इन्जिन खराब हुन्छ । त्यसैले कहिले पनि ओभरलोड गर्नु हुँदैन ।

७.क्लचमा अधिक भार नपार्नु
म्यानुअल ट्रान्समिसन भएको कारमा ड्राइभरले अक्सर यहि गल्ती गरेका हुन्छन् । धेरै लामो ट्राफिक जाममा बस्दा ड्राइभरले क्लचलाई समाइ राखेका हुन्छन् । जस्ले गर्दा क्लचमा खराबी ल्याएको हुन्छ । र, आवश्यक परेको समयमा क्लचले धोखा दिन सक्छ । त्यसैले क्लचलाई कहिले पनि समाइ राख्नु हुँदैन ।

४ बर्ष अगाडि

प्रतिक्रिया