शोक प्रस्ताव पारित गर्दै संसद बैठक स्थगित

५ बर्ष अगाडि

काठमाडौं– संघीय संसदको बैठक सोमबार दिउँसो २ बजेसम्मको लागि स्थगित भएको छ । पूर्वसांसद कमल पंगेनीको निधनमा शोक प्रस्ताव पारित गर्दै बैठक  सोमबार दिउँसो २ बजेसम्मको लागि स्थगित भएको हो ।

हृदयघातका कारण नेपाली कांग्रेस स्याङ्जाका सभापति समेत रहेका पंगेनीको निधन भएको थियो । 

गएराति स्याङ्जाको बयरघारीस्थित आफ्नै निवासमा खाना खाएर सुतेका उनी आइतबार बिहान गम्भीर अवस्थामा फेला परेका थिए । अस्पतालमा पुर्‍याउँदा चिकित्सकले उनलाई मृत घोषणा  गरेको बताइएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया