गएरातिदेखि अवरुद्ध लोकमार्ग अझै खुलेन

५ बर्ष अगाडि

बागलुङ– पहिरोले गएरातिदेखि अवरुद्ध बनेको मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ खण्ड अझै सञ्चालन भएको छैन । 

काठेखोला गाउँपालिका–१ पाला र ६ को टापुमा गएको पहिरोले लोकमार्गमा सवारी आवातजावत ठप्प छ । पश्चिम बुर्तिबाङ, खरबाङ, गलकोटलगायतका ठाउँबाट छोटो तथा लामो दुरीमा चल्ने सवारी साधनबीचमै रोकिएका छन् । 

बिहानैदेखि अवरोध हटाउन शुरु गरिएपनि पहिरो ठूलो भएकाले समय लागेको प्रहरी चौकीका हवल्दार किशोर भण्डारीले जानकारी दिए । 
 “दुई वटा डोजरलगाएर काम भइरहेको छ, प्रहरी टोली पनि खटिएको छ,” उनले भने, “ठूलो पहिरो गएका कारण हटाउन समय लाग्यो ।” 
 

५ बर्ष अगाडि

प्रतिक्रिया