राजधानीकै नगरपालिकामा गाँजाखेती

५ बर्ष अगाडि

काठमाडौँ– शंकरापुर नगरपालिका वडा नं ३ स्थित ३० रोपनी जग्गामा रोपिएको गाँजाका बिरुवा नष्ट गरिएको छ । 

नगरपालिकाको सक्रियतामा प्रहरी वृत्त बौद्धका प्रमुख श्यामकुमार राईको नेतृत्वमा गएको टोलीले गाँजाखेती नष्ट गरेको नगर प्रमुख सुवर्ण श्रेष्ठले आज जानकारी दिए । 

गाँजाका बिरुवा नष्ट गर्न विद्यार्थी, प्रहरीलगायत समाजका प्रबुद्ध व्यक्ति गरी ३०० भन्दा बढी व्यक्ति सहभागी थिए । नगरपालिकाको दुर्गम स्थानमा गाँजाखेती गरिएको उनले बताए । 

नगरपालिकाको वडा नं १, २, ३, ४, ५ र ८ मा गाँजाखेती गरिएको थियो । दुव्र्यसनले धेरै व्यक्तिको जीवन बरबाद गरेकाले नागरिकको जीवन सुधार्न गाँजाखेती नष्ट गरिएको नगरपालिकाले जनाएको छ । अरु वडामा भइरहेको गाँजाखेती पनि क्रमशः नष्ट गरिने जनाइएको छ । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया