गोकर्ण रिसाेर्ट भाडा प्रकरणमा प्रधानमन्त्रीले मुख खोले ‘विधिसम्मत रूपमा भाडामा दिएको हो’

४ बर्ष अगाडि

गोकर्ण रिसोर्टको भाडा प्रकरणमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकरी निर्णयको बचाउ गरेका छन् ।  

प्रेस संगठन नेपालको राष्ट्रिय भेला तथा शपथग्रहण समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले गोकर्ण रिसोर्ट विधिसम्मत रूपमा भाडामा दिएको भन्दै निर्णयको बचाउ गरेका हुन्। 

यसअघि हचुवाको भरमा दिने गरिएकोमा वर्तमान सरकारले विधि निर्माण गरेर भाडामा लगाएको उनको तर्क छ । 

उनले पानी जहाज ल्याउन खोज्दा समेत विरोध गर्ने विपक्षी भएको ठाउँमा गोकर्ण रिसोर्ट लिजमा लिने प्रक्रियाको विरोध गर्नु स्वभाविक भएको बताए । 

लिज अवधि सकिनुभन्दा पाँच वर्ष आठ महिना अगाडी नै मन्त्रिपरिषद्ले गोकर्ण फरेस्ट रिसोर्टको लिज नविकरण गरिदिने निर्णय गरेपछि त्यसको सर्वत्र विरोध भइरहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया