आश्वासन समितिले मन्त्रीलाई ठेगान लाउने

५ बर्ष अगाडि

 काठमाडौं-राष्ट्रिय सभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले मन्त्रीलाई ठेगान लगाउने भएको छ। राष्ट्रिय सभामा रहेका ४ वटा समितिमध्ये यो समिति शक्तिशाली समितिभित्र पर्छ।
मन्त्रीले कतै कुनै कार्यक्रममा गएर केही काम गर्छु भनेर ढाँटे यो समितिका सदस्यले समितिमा बोलाएर प्रश्न गर्ने अधिकार प्रत्यायोजन गरिएको छ।
संसद् सचिवालयका उपसचिव सुदर्शन कुइँकेलले विशेष गरी मन्त्रीहरूलाई खबरदारी गर्ने र जिम्मेवार बनाउने समितिका रूपमा यो समितिले काम गर्ने बताए।
‘पहिले पनि राष्ट्रिय सभामा यो समिति थियो, त्यति बेला पनि यसको काम प्रभावकारी हुने गर्दथ्यो’, समितिको पुरानो इतिहास सम्झँदै कुइँकेलले भने– ‘मन्त्रीलाई जवाफदेही र कामप्रति जिम्मेवार बनाउने यो समितिको मुख्य काम हो।’आजको नेपाल समाचार पत्र दैनिकमा खबर छापिएको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया