एक गाउँ एक उद्योगको नीति कार्यान्वयनमा

मंगलबार, २२ पुस २०७६, ११ : २९

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले ‘एक गाउँ एक उद्योग’को नीति कार्यान्वयनमा ल्याइने जानकारी दिएका छन् ।

कैलालीको चुरे गाउँपालिकाद्वारा सोमबार आयोजित वृद्धवृद्धालाई कम्बल वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले ग्रामीण जनताको जीवनस्तर माथि उकास्न ‘एक गाउँ, एक उद्योग’को नीति अवलम्बन गरिएको बताए।

उनले भने, “यहाँका किसानको जीवनस्तर सुधारका गर्न  सुन्तला र कफीखेतीको विकास गर्नु आवश्यक छ । यसमा सरकारले सहयोग गर्छ ।”  
गाउँपालिकाकाअन्तर्गतका ३०० अशक्त, वृद्धवृद्धा तथा गरीब परिवारलाई कम्बल वितरण गरिएको थियो ।

मंगलबार, २२ पुस २०७६, ११ : २९

प्रतिक्रिया