विप्लवविरुद्ध संगठित अपराध मुद्दा

५ बर्ष अगाडि

कालिकोट ।जिल्ला प्रहरी कार्यालय कालिकोटले नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सहितका सात जना उच्च तहका नेताविरुद्ध जिल्ला अदालत कालिकोटमा संगठित अपराध तथा विस्फोटक पदार्थ ऐनअन्तर्गत मुद्दा दर्ता गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख डीएसपी विनोद शर्माले मंगलबार नेकपाले आह्वान गरेको नेपाल बन्दको क्रममा कर्णाली राजमार्गको कालेखोला र जिल्ला सदरमुकाम मान्मस्थित मालपोत र नापी कार्यालयको हाताभित्र गराएको बम विस्फोटमा संलग्न रहेको भन्दै नेकपाका सात जना नेताविरुद्ध बुधबार जिल्ला अदालतमा संगठित अपराध तथा विस्फोटक पदार्थ ऐनअन्तर्गत मुद्दा दर्ता गरिएको जानकारी दिए । राजधानी दैनिकमा खबर छापिएकाे छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया