सीडीओले बन्द गरेका अबैध क्रसर नगरपालिकाले खुलाएपछि डनले भने ‘अध्यागनमा त क्रसर छैनन होला नि !’

४ बर्ष अगाडि

लमजुङमा प्रमुख जिल्ला अधिकारी (सीडीओ)ले बन्द गरको क्रसर उद्योग बेसीशहर नगरपालिकाले खुलाएको छ । 

सदरमुकाम बेसीशहरमा सञ्चालन भएको भन्दै सीडीओ डिजन भट्टराईले बन्द गराएका २ वटा क्रसर उद्योग नगरपालिकाले खुलाएको हो ।

भट्टराईले अनुमति नलिएको र मापदण्ड नपु¥याएका क्रसरहरु बन्द गराएका थिए । तर उनी सरुवा भएको एक हप्ता नवित्दै अबैध रुपमा सञ्चालन भएका लमजुङ्ग क्रसर र त्रिवेणी रोडा ढुंगा ब्लक उद्योगलाई सञ्चालनका लागि अनुमति दिएको छ ।  

क्रसर उद्योगले अनुमति नलिएको र मापदण्ड नपु¥याएको भएपनि त्यसका लागि असार मसान्तसम्म म्याद दिएर सञ्चालन गर्न अनुमति दिएको नगरपालिकाले जनाएको छ । 

गृह मन्त्रालयले भट्टराईलाई अध्यागमन विभागमा सरुवा गरेको केहीदिनमा नगरपालिकाले क्रसर सञ्चालनका लागि अनुमति दिने निर्णय गरेको थियो ।

क्रसर सञ्चालकले भट्टराईलाई फोन गरेर फुर्ति लगाएको भट्टराईको भनाई छ । ‘बिभिन्न दबाबका बीच अनुमति नलिएका र मापदण्ड नपुगेका क्रसर बन्द गराइयो तर मेरो सरुवा भएको १ हप्ता नपुग्दै नगरपालिकाले गैर कानुनी निर्णय गरेर खुलाएछ’, उनी भन्छन् ‘अनि क्रसरवाला फुर्ति लाउँदै मलाई फोनमा भन्छ, अध्यागमन विभागमा त बन्द गराउने क्रसरहरु छैनन् होलानी !’

उनले सबै कानुनी अधिकार स्थानीय तहलाई दिने अनि दोष प्रहरी प्रशासनलाई दिने प्रवृत्ति गतल भएको टिप्पणी गरे । ‘सबै सिडियो र प्रहरीले गैर कानुनी काम आफ्नै आँदाले हेर्नु परेको विषय हो क्रसर र ढुङ्गा गिटि’ उनल भनेका छन् ‘स्थानीय तहले जे नि गर्न पाउने हो कि ?’

नगरपालिकाले भने क्रसर बन्द हुँदा निर्माण समग्रीको अभाव भएको भन्दै खुलाउने निर्णय गरेको जनाएको छ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया