वाणिज्य बैंकको सवा करोड ऋण लिएर उद्योगपति बेपत्ता, लिलामी गर्दै बैंक

मंगलबार, ०७ माघ २०७६, १२ : ०१

काठमाडौं – सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकबाट लिएको ऋण नतिरेपछि ऋण असुली न्यायाधीकरणले धारणा इलेक्ट्रिोनिक्स उद्योगको जग्गा लिलाम गर्ने भएको छ ।

२०६७ सालको मुद्दा नम्बर ३२÷३९३ को ऋण असुली सम्बन्धि न्यायाधीकरणको यही माघ ३ गतेको आदेश अनुसार सो उद्योगको नेपालगञ्ज नगरपालिका– १ को कित्ता नम्बर ४४३ को ०–२–९ क्षेत्रफल जग्गा लिलामी गर्न लागिएको हो ।

उद्योगले वाणिज्य बैंकबाट लिएको ऋण नतिरेपछि गत भदौ ५ गते भएको मूल्यांकन मुचुल्काको आधारमा एकमुष्ठ न्यूनतम मूल्य १ करोड २० लाख ७८ हजार ५ सय रुपैयाँ पर्ने उक्त जग्गा लिलामी गर्न लागिएको हो ।

 उक्त जग्गा जे जस्तो अवस्थामा छन् । सोही अवस्थामा लिलामी बिक्री गर्ने भएकाले बैंक तथा वित्तीय संस्थाको ऋण असुली ऐन २०५८, बैंक तथा वित्तीय संस्थाको ऋण असुली नियमावली २०४९ तथा अन्य प्रचलित कानूनको अधिनमा रही लिलामी गर्न लागिएको हो ।

उक्त उद्योग श्यामसुन्दर खेतानले सञ्चालन गर्दै आएका छन् । बैंकबाट लिएको ऋण तिर्न अटेर गरेपछि कानून अनुसार उद्योगको नाममा दर्ता भएको जग्गा लिलामी गर्न लागिएको हो ।

 

मंगलबार, ०७ माघ २०७६, १२ : ०१

प्रतिक्रिया