काठमाडौं – नेपालमा फेरि एक जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ ।
यो सहित नेपालमा उक्त भाइरसको संक्रमण हुनेमा २ जना पुगेका छन् ।
यस अघि नोबेल कोरोना भाइरसको शंकामा स्याम्पल परीक्षणका लागि हङकङ पठाइएका २ जनामध्ये एक जनामा सो भाइरसको संक्रमण भएको प्रमाणित भएको हो ।
स्याम्पल परीक्षण २ बिरामीको पठाइएको मा एक जनामा कोरोना भाइरस संक्रमण भएको पाइएको हो ।
चीनको हुवानबाट सुरु भएको सो भाइरसको संक्रमणबाट त्यहाँ हालसम्म ८१ जनाको ज्यान गइसकेको छ । करिब २ हजार ७ सय ४३ जनामा कोरोनाको संक्रमण देखिएको छ ।
प्रतिक्रिया