चीनमा महामारीका रूप लिएर विश्वभर फैलिएको नोवेल कोरोना भाइरसको परिक्षण नेपालमै हुने भएको छ ।
सोमबारदेखि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा टेकुमा कोरोना भाइरस परिक्षण शुरु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले बताए।
भाइरस परीक्षण गर्ने केमिकल (रसायन) नभएका कारण यसअघि शंकास्पद नमुना परिक्षण गर्न हङकङ पठाइएको थियो ।
तर भारतबाट मगाएको रसायन आज आएकोले टेकुमा रहेको उपकरण (पिसिआर) मेसिनबाट कोरोना परिक्षण गर्न सकिने उनको भनाई छ ।
सरकारले बिरामीको निःशुल्क परिक्षण र उपचारको गर्ने समेत श्रेष्ठले जानकारी दिए ।
चीनमा महामारीका रूपमा फैलिएको नोवेल कोरोना भाइरसले चीनमा ५६ को मृत्यु भइसकेको छ। ८ सयभन्दा बढी प्रभावित भएका छन्। नेपालमा पनि यसको जोखिम उच्च रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरिएको छ।
प्रतिक्रिया