कुमारी बैंकको नाफा ८० करोड, तरलता अनुपात कति ?

सोमबार, २० माघ २०७६, ११ : २८

काठमाडौं – कुमारी बैंकले चालु आवको दोस्रो त्रैमासमा रू. ८० करोड ३० लाख ११ हजार खुद नाफा कमाएको छ । बैंकले हालै सार्वजनिक गरेको दोस्रो त्रैमासको वित्तिय  विवरणले यस्तो देखाएको हो । वित्तिय विवरणअनुसार बैंकले गत आवको सो अवधीमा रू. ६७ करोड ६२ लाख लाख ४४ हजार खुद नाफा कमाएको थियो । 
समिक्षा अवधीमा बैंकको नाफा झिनो मात्रामा बढेको देखिन्छ । बैंकले समिक्षा अवधीसम्म रू. ८० अर्ब ६७ करोड ५२ लाख निक्षेप संकलन गरेको छ । बैकले गत आवको समिक्षा अवधीमा रु. ७३ अर्ब २० करोड ११ लाख निक्षेप संकलन गरेको थियो ।
यसैगरि बैंकले ग्राहकरूलाई रु. ८० अर्ब ९२ करोड ५२ लाख कर्जा प्रवाह गरेको देखिन्छ । गत आवको अवधीमा बैंकले रु. ७३ अर्ब १ करोड ७९ लाख कर्जा प्रवाह गरेको थियो । बैंकले बैंक तथा वित्तिय संस्थालाई भने रु. ३ अर्ब ५१ करोड ५४ लाख कर्जा प्रवाह गरेको छ । 
बैंकले कुल प्रवाहित कर्जाबाट यो छ महिनामा रू. ५ अर्ब २० करोड २१ लाख कुल व्याज आम्दानी गरेको छ । हाल बैंकको चुक्तापुँजी रु. ९ अर्ब ५५ करोड ४१ लाख रहेको छ ।

प्रमुख वित्तिय अनुपात
प्रतिशेयर बजार मुल्यः रू.१९०
मुल्य आम्दानी अनुपातः ११.३० प्रतिशत 
प्रति शेयर नेटवर्थः १३०.६४ 
प्रतिशेयर  आम्दानीः १६.७६
तरलता अनुपातः २१.१३ प्रतिशत

सोमबार, २० माघ २०७६, ११ : २८

प्रतिक्रिया