जिल्ला स्वास्थ्य कार्यालय दैलेखमा पहिलो पटक ‘फिजियोथेरापी’ सेवा विस्तार गरिएको छ । पछिल्लो समय यस सम्बन्धी बिरामी बढ्दै गएपछि ‘फिजियोथेरापी’ सेवा शुरु गरिएको हो ।
सेवा विस्तार गरेसँगै बिरामीलाई सहज भएको छ । विशेषगरी नसा च्यापिएका ढाड, कम्मर, हड्डीलगायतको समस्या समाधानका लागि बिरामीहरुले फिजियोथेरापी रोज्ने गरेको स्वास्थ्य सेवा कार्यालय दैलेखका प्रमुख डा निरञ्जन पन्तले बताए।
फिजियोथेरापी सेवा सञ्चालन गर्न ह्याण्डी क्याप इन्टरनेशनलले रु १० लाख बराबरको सामग्री उपलब्ध गराएको छ । कर्णाली प्रदेश सरकारको बजेटबाट ‘फिजियोथेरापिस्ट’ कर्मचारी राखिएको छ ।
यो सेवा दैलेखसँगै छिमेकी जिल्लाका बिरामीहरु लाभान्वित हुने अपेक्षा गरिएको छ ।
हड्डी खिइएको, नसा च्यापिएको, मांसपेशी दुख्ने, झमझमाउने, लुलो हुने, प्यारालाइसिस, जन्मदाँ नै असाधारण भएका बालबालिका, हातखुट्टा नचल्ने सम्बन्धी रोगहरु उपचार हुने फिजियोथेरापिस्ट धना खड्काले बताए।
दई हप्ताअघि शुरु भएको सो सेवाबाट हालसम्म ५० बढी लाभान्वित भएका छन् । –
प्रतिक्रिया