अर्थमन्त्री खतिवडाले पाए सञ्चार मन्त्रालयको जिम्मा

विहीबार, ०८ फागुन २०७६, १८ : ३२

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मा अर्थमन्त्री डा. युवराज खतिवडाले पाएका छन्। 

७० करोड कमिसन प्रकरणमा मुछिएर गोकुल प्रसाद बाँस्कोटाले मन्त्री पदबाट राजीनामा दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले खतिवडालाई सञ्चारमन्त्रीको जिम्मेवारी तोकेकी हुन् ।

यस्तै मन्त्री बाँस्कोटाले नै सम्हाल्दै आएको सहरी विकास मन्त्रालयको जिम्मेवारी भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त कुमार नेम्वाङलाई दिइएको छ ।

 

विहीबार, ०८ फागुन २०७६, १८ : ३२

प्रतिक्रिया