कस्तो छ प्रधानमन्त्रीलाई मिर्गौला दान गर्ने समिक्षाको अवस्था ?

बुधबार, २१ फागुन २०७६, १७ : ५६

प्रधानमन्त्री केपी शर्मा ओलीलाई एउटा मिर्गौला दान गर्ने समीक्षा संग्रौलाको स्वास्थ्य अवस्था सामान्य रहेको त्रिवि शिक्षण अस्पताल, महाराजगन्जले जनाएको छ ।

समीक्षा प्रधानमन्त्री ओलीको ‘भान्जी’ नातापर्ने महिला हुन् ।  

त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रेमकृष्ण खड्गाले समीक्षाको अवस्था सामान्य रहेको बताए । 

त्रिवि शिक्षण अस्पतालमा ओलीको दोस्रो पटक सफल मृगौला प्रत्यारोपण गरिएको हो । 

अहिले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था स्थिर रहेको कार्यकारी निर्देशक खड्गाले बताए ।

 

बुधबार, २१ फागुन २०७६, १७ : ५६

प्रतिक्रिया