कोराना भाइरस बारे गाउँ गाउँमा जनचेतना फैलियाँदै

शुक्रबार, २३ फागुन २०७६, १४ : १८

पहलमान घर्ती ,रोल्पा ।

कोराना भाइरसबाट बच्ने उपायका बारेमा रोल्पामा अन्तरक्रिया गरिएको छ ।

दुर्गमका गाउँहरुमा पनि कोराना भाइरसबारे जनचेतना फैल्याउँने उदेश्यले सतप्रयास मिडिया ग्रुपको आयोजनामा रोल्पा नगरपालिका ७ माडीचौरमा रहेको बाल उदय र रोल्पा नगरपालिका २ लिबाङमा रहेको बाल कल्यान माध्यामिक विद्यालयमा कोराना भाइरसबारे विद्याथीहरुलाई जानकारी गराइएको हो ।

कोराना भाइरस के हो ? र कसरी बच्ने भन्ने विषयमा जानकारी दिइएको थियो । कोराना भाइरस बारे समाजमा फैलिरहेको भ्रम र यथार्तका बारेमा विद्यार्थीहरुलाई जानकारी दिइएको हो । सोही क्रममा विद्यार्थीहरुले प्रयोग गर्नका लागि ५ सय वटा माक्स, १ सय १६ वटा हात धुने सावुन र सक्रमण निवारण घोल ४ वटा बोटल विद्यालयलाई दिइएको थियो । 

विद्यार्थीहरुलाई सरसफइका बारेमा पनि सिकाइएको थियो । कार्यक्रममा जिल्ला अस्पताल रोल्पाका प्रमुख सपना कर्णले कोराना भाइरसबारे जानकारी दिएकी थिइन । व्यक्तिगत  र वातावरण सरसफाइ र मान्छेको भिड हुने ठाउँमा नजान सुझव कर्णले दिएकी थिइन ।

भने विद्यार्थीहरुले कोराना भाइरस बारेमा अफ्ना जिज्ञासा राखेका थिए ।विद्यार्थीहरुलाई कोराना भाइरसबारे आफ्ना अभिभावकलाई पनि जानकारी दिन सुझव दिइएको छ ।

सतप्रयास मिडिया ग्रुपले समाजमा कोराना भाइरस बारेमा जनचेतना फैलाउँने र यसबाट बच्ने उपायका बारेमा जानकारी दिने उदेश्यले व्यक्तिगत रुपमा पैसा उठाएर जनचेतना मुलक अन्तरक्रिया तथा सामाग्री वितरण गर्दै आइरहेको छ ।

शुक्रबार, २३ फागुन २०७६, १४ : १८

प्रतिक्रिया