एन्जीओलाई नियन्त्रण गर्ने ऐन बनाउनु हुदैन : डा.बावुराम भट्टराई

५ बर्ष अगाडि

पुर्व प्रधानमन्त्री एव नया शक्ति दलका संयोजक डा. बावुराम भट्टराईले एन्जीयोलाइ नियन्त्रण गर्ने  एन बनाउन नहुने बताएका छन । संघिय नेपालमा नागरिक समाज एवं संघ सस्थाका अवसर र चुनौतिहरु विसयक कार्यक्रममा बोल्दै भट्टराईले गैरसरकारी सस्था र नागरिक सस्थालाइ अन्कुस लगाउने भन्दा नियमन गर्ने एन बनाउनुपर्नेमा जोड दिए । उनले भने,अहिले धमाधम एनहरु बनिरहेका छन कसरी बनिरहेको छ यस्तो बेला ध्यान दिनुहोला । केही सुझाब छन भने पनि दिनुहोला ।

भट्टराईले एन्जीओहरुमा बिकृती बिसङतिहरु पनि रहेको भन्दै त्यसलाइ सुधार्न पनि आग्रह गरे । 
बन्दै गरेको एनमा एनजीओको स्वतन्त्रता कुन्ठित गर्न नहुने बताउदै नियमनको बेवस्था हुनुपर्ने र त्यसलाइ एन्जीओकर्मिले अन्यथा मान्न नहुनेमा जोड दिए । 
उनले नेपालको सम्विधान बिस्वको उत्कृस्ठ रहेको बताउदै नेपालको अहिलेको बिकास्को चरणमा एन्जीओको ठूलो भुमिका हुने बताए । 
बिकसित देसले अल्पविकसित देशलाइ राम्रै भावनाले एन्जीओ मार्फत विकासका कार्यक्रम सन्चालन गरेपनि केही बिकृती पनि रहेको र त्यसलाई सुधारेर लानु पर्ने उल्लेख गरे । समाजमा एन्जीओको छवि राम्रो नभएपनि सामाजिक परिसुचक माथी उठाउन महत्वोपुर्ण भुमिका खेलेको बताए ।

कार्यक्रममा एन्जीओकर्मी हरुले सङ्घ सस्था दर्ता नबिकरणमा सरकारले अन्कुस लागयेको आरोप लगाए । केन्द्र र प्रदेस दुबैले सङ्सस्था सम्बन्धि कानुन बनाउन लागेको भन्दै फरक फरक कानुन मानेर काम गर्न जटिल रहेको उल्लेख गरे । साथै फरक फरक निकायमा दर्ता गर्नुपर्ने प्राबधान रहेको भन्दै त्यसलाइ सुधार्न आग्राह गरे ।

५ बर्ष अगाडि

प्रतिक्रिया