अष्ट्रेलिया पुगेका एक नेपालीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
फेब्रुअरी २६ तारिखमा नेपालबाट बिदा मनाएर अष्ट्रेलिया फर्किएका २० वर्षे एक विद्यार्थीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।
अष्ट्रेलियाको तास्मानियास्थित स्वास्थ्य अधिकारीहरुले उनको संक्रमणबारे पुष्टि गर्दै उनको आइसोलेसनमा राखेर उपचार भइरहेको जानकारी दिएका छन्।
अष्ट्रेलियाको स्थानीय समाचार एजेन्सी सेभेनन्यूज डट कम डट एयूका अनुसार ती विद्यार्थी फेब्रुअरी २६ तारिखमा नेपालबाट सिंगापुर र सिड्नी हुँदै होबार्ट पुगेका थिए।
उनी र उनीसँग नजिक रहेका परिवार तथा साथीहरुलाई क्वारेन्टाइनमा राखिएको छ। शंका लागेर परीक्षण गराएपछि नतिजा नआएसम्म उनले आईसोलेसन एकान्त ठाउँ मा बस्नुपर्ने हुन्छ तर उनी भने नतिजा नआउँदै काममा गएका थिए।
एकान्तमा बस्नु पर्ने थाहा भएर पनि सार्वजनिक स्थानमा जानु उनले गलत गरेको अधिकारीहरुले बताएका छन्।
प्रतिक्रिया