सिंहदरबार बनाउने २४ करोडमा प्राधिकरकै सिइओको ध्यान

५ बर्ष अगाडि

 

 

काठमाडौँ । भूकम्पले भत्काएको ग्रामीण क्षेत्रमा बस्ती पुनः निर्माण नभएर समस्यामा परीरहेको बेला मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको हालत ने खराब बनीरहेको छ ।

 

सिंहदरबार पुनः निर्माणका बारेमा पटक पटक छलफल भए, कुराकनी पनि भए तर काम भने सुरु हुन सकेको छैन ।

 

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुुशील ज्ञवालीले पुरातात्विक र ऐतिहासिक महत्व जोगाएर सिंहदरबारको पश्चिम भागको पुनःनिर्माण गरिने प्रतिबद्धता जनाउदै बसेका छन् ।

 

पूरातात्विक महत्वका सम्पदा जोगाएर पुनः निर्माण गर्ने कुरालाई प्राधिकरणले प्राथमिकता दिएर काम गर्छ, उने पटक पटक यस्तै भाषण गरे । विगतमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा गोविन्दराज पोखरेलले पनि यस्तै भाषण गर्दथे ।

 

 

सिंहदरबारको पश्चिम भागलाई के गर्ने भन्नेबारे अध्ययन जारी रहेको प्राधिकरणले जनाएको छ । अध्ययन गर्ने जिम्मेवारी लिएको परामर्शदाता कम्पनीलाई छिटो प्रतिवेदन बुझाउन निर्देशन दिएको जानकारी दिँदै प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले प्रतिवेदन आएलगत्तै सिंहदरबार पुनःनिर्माण हुने बताएका छन् ।

    

भूकम्पबाट बढी क्षति पुगेको पश्चिमी भागलाई भत्काएर बनाउने कि प्रबलीकरण गर्ने भनेर स्पष्ट नभएकाले त्यसको अध्ययन गर्न इन्फ्रास्ट्रक्चर इञ्जिनियरिङ रिसर्च एण्ड कन्सलट्यान्ट प्रालिलाई जिम्मा दिइएको छ । प्राधिकरणका सहसचिव राजुमान मानन्धरका अनुसार दुई हप्ताभित्रमा अध्ययन प्रतिवेदन तयार भइसक्छ ।

 

सिंहदरबारको पश्चिम खण्ड राणा प्रधानमन्त्री चन्द्रशम्शेर जबराको पालामा निर्माण भएको हो । यो विसं २०३० को आगलागीबाट बचेको मौलिक भाग हो । उक्त आगलागीबाट उत्तर, पूर्व र दक्षिण भाग जलेर नष्ट भएको थियो । जसको पछि पुनः निर्माण गरियो ।

   

विसं २०३० मा आगलागीबाट नष्ट भई पछि पुनःनिर्माण भएको सिंहदरबारको उत्तर, पूर्व र दक्षिण भागको भने प्रबलीकरण भइरहेको छ । शर्मा एण्ड न्यू टेक्निकल जेभीले प्रबलीकरण शुुरु गरेको करीब तीन महिना भएको छ ।

 

रु २४ करोडको लागतमा शुरु भएको प्रबलीकरण १८ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य रहेको सहसचिव मानन्धरले बताए ।  सो रकममा समेत प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले नजर लगाएका छन् ।

 

 

५ बर्ष अगाडि

प्रतिक्रिया