१७ वर्षीया युवतीलाई कोठामा लगेर यस्तो गर्ने फन्दामा

५ बर्ष अगाडि

काभ्रे–जबरजस्ती करणी गरेको अभियोगमा धुलिखेल नगरपालिका–११ घर भई हाल बनेपा नगरपालिका–७ चारदोबाटोमा होटल व्यवसाय सञ्चालन गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको हो । 
 होटल ब्यवसायी २५ वर्षीय रामशरण हुमागाईले आइतबार उनकै होटलमा काम गर्ने खोटाङ घर भएकी १७ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको उजुरीपछि प्रहरीले पक्राउ गरेको हो । 
कोठामा पुर्याई दिन्छु भनि नयांबस्ती स्थित आफ्नै कोठामा लगेर उनले  जवरजस्ती करणी गरेको प्रहरीले जनाएको छ । 
यसबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया