एक युवाले भूत सम्झेर श्रीमतीको टाउकोमा बजाए खुकुरी

५ बर्ष अगाडि

यो २१ औ शताब्दी हो, यसलाई प्रबिधिको युग समेत भनिन्छ । तरपनि कैयन स्थानका मानिसहरु आझैपनि भुतप्रेत हुन्छन् भनि बिश्वास गर्दछन् । कहिलेकाहीँ अन्धबिश्वासकै पछि लाग्दा जिवनमा ठुलो घाटा समेत हुने गरेको छ ।

भनिन्छ बेलैमा होस नपुर्याउदाँ पछि पछुताउनुपर्छ । ओखलढुंगामा यस्तै एउटा घटना सार्वजनिक भएको छ । जिल्लाका एक युवकले भुत सम्झी संगै सुतेका श्रीमतीलाई खुकुरी प्रहार गरेका छन् । खिजीदेम्वा गाँउपालिका ८ का ३८ वर्षीय हितबहादुर विकले सोमबार मध्य राती भूतले तर्साएको भन्दै निन्द्रामा बिउजिएर आफ्नै श्रीमतीलाई खुकुरी हानेका हुन् ।

भूतको छाँया जस्तो लागेर सिरानी मुनीको खुकुरी भिकेर प्रहार गर्दा छेउमै सुतेकी श्रीमती गीतामाया विश्वकर्मालाई लागर गम्भिर घाईते भएका छन् ।

घाईते श्रीमतीको खुकुरीले टाउको, ढाड र पाखुरामा गहिरो चोट लागेको छ । घाइतेको हेलिकोप्टरबाट उद्धार गरी उपचारका लागि काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी नायव उपरीक्षक अनन्तराम शर्माले बताए । हितबहादुर भूत–भूत भन्दै चिच्यादै खुकुरी प्रहार गर्दा श्रीमतीलाई लागेको हो । उनलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको प्रहरी नायव उपरीक्षक शर्माको भनाई छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया