बृद्धभत्ता बढाउने यस्तो छ सरकारको तयारी

५ बर्ष अगाडि

प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको मुखमा तत्कालिन वाम गठबन्धन नेतृत्वको सरकारले बृद्धभत्ता बढाउने कुरा जोडतोडका साथ उठायो । गठबन्धनले चुनावी प्रचारको गतिलो नारा नै बनाएको थियो–५ हजार बृद्धभत्ता । 
चुनावमा गठबन्धनले दुई तिहाई नजिकको जित पनि हासिल गर्यो । तर गत जेठमा आएको बजेटमा भने सो कुरालाई समेटिएन। अर्थात हाल कायम रहेको बृद्धभत्ता बढाउने कुनै निर्णय भएन । 
यसरी चुनावमा भोटको मात्रै राजनीति गरेर धोका दिएको भन्दै वाम सरकारको चर्को आलोचना पनि भए । 
यही आलोचनालाई चिर्ने उद्देश्यले सरकारले बृद्धभत्ता बढाउने गरी पूरक बजेट ल्याउने तयारी गरेको छ । 
नेकपा अध्यक्ष प्रचण्डले पूरक बजेट ल्याएर हुन्छ या अन्य कुनै उपायले भए पनि नेकपाले गरेको प्रतिवद्धता सम्वोधन बताए । 

पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले आफ्नै निवासमा मंगलबार भेला भएका पत्रकारहरुसँग भने–‘जनतामा हिजो हामीले गरेको प्रतिवद्धता ९बजेटमा० आएन भनेर देखिएको हुनाले कहीँ न कहीँ सम्बोधन गर्न सरकारले प्रयास त गर्नुपर्छ, जताबाट गरे पनि । त्यो पूरक बजेटबाट गर्न सजिलो हुन्छ भने पूरक बजेटबाट र अरु कुनै तरिकाबाट हुन्छ भने अरु तरिकाले ।’

बूढाबूढी हुँदै गएपछि थोरैको पनि असाध्यै माया हुनेरहेछ भन्दै प्रचण्डले घरमा राम्रै आम्दानी र सम्पत्ति भए पनि सरकारले दिने भनेको दुई–तीन हजार रुपैयाँप्रति असाध्यै धेरै मोह देखिने गरेको बताए ।

सय रुपैयाँबाट सुरु भएको वृद्धभत्ता दिँदा आशिर्वाद दिने बूढाबूढीहरुले अहिले जिल्लामा जाँदा सराप दिन थालेको बताउँदै प्रचण्डले अगाडि भने– ‘पाँच सय रुपैयाँमात्रै थपिदिन पाएको भए र पाँच वर्षमा ५ हजार पुर्‍याइदिन्छौं भन्न पाएको भए अहिले हाईहाई भइराख्थ्यो, त्यत्ति पनि भएन ।’
तत्कालिन एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपाले ल्याएको बजेटमा बृद्धबृद्धालाई ढाटिएको भन्दै प्रमुख प्रतिपक्षी दलले समेट ढाँटेको थियो ।

५ बर्ष अगाडि

प्रतिक्रिया