कोरोनाको कारण इटालीमा एकै दिन ४७५ जनाको मृत्यु

विहीबार, ०६ चैत्र २०७६, ०८ : २७

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस कोभिड–१९ संक्रमणको हालको इपिसेन्टर इटालीमा अवस्था अति भयावह बनेको छ ।

 कोरोना कारण इटालीमा मृत्यु हुनेको संख्या तीव्र गतिमा बढेको छ ।

इटालीमा बुधबार एकै दिन ४७५ जनाको मृत्यु भएको छ । इटालीमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या झण्डै तीन हजार पुगेको छ ।


इटालीमा अहिलेसम्म ३५ हजार ७१३ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । त्यसमध्ये चार हजार भन्दा बढी मानिस निको भएका छन् । 
 

विहीबार, ०६ चैत्र २०७६, ०८ : २७

प्रतिक्रिया