स्वास्थ्यकर्मीलाई  थप सुविधा

बुधबार, १९ चैत्र २०७६, ११ : ४८

रोल्पाको रुन्टीगढी गाउँपालिकाले कोरोना भाइरस नियन्त्रण तथा रोकथाममा खटिने कर्मचारी र स्वास्थ्यकर्मीका लागि प्रोत्साहनका कार्यक्रम  अघि   सारेको छ  । उक्त प्रोत्साहन प्रदेश सरकार र सङ्घीय सरकारले घोषणा गरेको कार्यक्रममा अतिरिक्त हो ।

पालिकाले भाइरस नियन्त्रण तथा रोकथाममा खट्ने कर्मचारीहरुलाई ५ लाखको जोखिम विमा गर्ने र नियन्त्रण अभियानमा खटिएका कर्मचारीलाई खाइपाइ आएको तलव सुविधामा अतिरिक्त प्रोत्साहन रकम भुक्तानि दिएका छन्  । अब खटिने स्वास्थ्यकर्मीले खाइपाइ आएको तलव सुविधामा ७५  प्रतिशत अतिरिक्त  सुविधा पाउनेछन् ।  गाउँपालिकाका कर्मचारी, सुरक्षाकर्मी र नगर प्रहरीहरुले तलव सुविधामा ५० प्रतिशत थप तलव सुविधा पाउने छन् । गाउँपालिकामा ६७ लाख ५० हजारको रोकथाम तथा नियन्त्रण विशेष कोष स्थापना पनि गरिएको गाउँपालिकाका नासु दीपक डिसीले जानकारी दिए ।

बुधबार, १९ चैत्र २०७६, ११ : ४८

प्रतिक्रिया