माओवादी केन्द्रले मन्त्री छान्न सकेन

६ बर्ष अगाडि

काठमाडौं–नेकपा माओवादी केन्द्रको कार्यालय बैठक सम्पन्न भएकोछ ।  आज साझ ४ बजेबाट सुरु भएको बैठक ९ बजेसम्म चलेको थियो । 
आजको बैठकमा वैचारिक विषयमा छलफल  भएको कार्यालय सदस्य मणि थापाले जानकारी दिए । आजको बैठकमा अध्यक्ष प्रचण्डले एमालेसँग भएको सात बुँदे समझदारीको बारेमा सबै सदस्यहरुको धारणा मागेको थिए भने नेताहरुले सहमति सकारात्मक रहेको बताएका थिए । 
यद्यपी नेताहरुले माओवाद बारे भने तीब्र बहस चलाउइनु पर्नेमा जोड दिएको थापाको भनाई छ । 
यस्तै सरकारमा माओवादीको तर्फबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरुको बारेमा आजको बैठकमा सामान्य चर्चामात्र भएको र बैठकले मन्त्री छान्ने जिम्मा अध्यक्ष प्रचण्ड,नारायणकाजी श्रेष्ठ र रामबहादुर थापालाई दिएको थापाले बताए ।
आजको बैठकले एकताको विरोध गर्ने  विश्वभक्त दुलाल‘आहुति’,लोकेन्द्र विष्टमगर र गोपाल किरातीलाई पार्टीको साधारण सदस्यपनि नरहने गरी निस्कासन गर्ने निर्णय समेत गरेको थापाले बताए । 
 

६ बर्ष अगाडि

प्रतिक्रिया