बाग्लुङकी ६५ वर्षिया महिलालाई कोरोना संक्रमण

विहीबार, २० चैत्र २०७६, १८ : ११

बिहीबार नेपालमा कोरोना भाइरस संक्रमण पुष्टि भएकी महिला बाग्लुङकी ६५ वर्षीया महिला भएको खुलेको छ । 

कतार एयरवेजको क्युआर ६५२ को जहाजमार्फत चैत ४ गते नेपाल आएकी महिलामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । 

यसअघि पनि सोही विमानमार्फत आएकी बाग्लुङ्गकै एक युवतीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।  

यो सँगै सो विमानबाट नेपाल आउने संक्रमितको संख्या तीन पुगेको छ भने नेपालमा ६ जना संक्रमित भेटिएका छन् । 

सो जहाजमा सबैभन्दा पहिला काठमाडौंकी १९ वर्षकी युवतीमा कोरोना संक्रमण भेटिएको थियो । 

फ्रान्सबाट आएकी उनमा संक्रमण भेटिएपछि सो जहाजमा आएकाहरु आफै परिक्षण गराउन आएका छन् । तर सरकारले अहिलेसम्म सो जहाजबाट आउने सबैजनालाई खोजेर परिक्षण गर्न सकेको छैन । 

अहिलेसम्म घरमै बसेकी उनलाई अस्पताल ल्याउने तयारी भइरहेको चिकित्सकहरुले बताएका छन् ।

विहीबार, २० चैत्र २०७६, १८ : ११

प्रतिक्रिया