कास्कीमा कोरोना संक्रमण पुष्टि भइसकेको छैन : स्वास्थ्य मन्त्रालय

शुक्रबार, २१ चैत्र २०७६, १६ : ४६

स्वास्थ्य मन्त्रालयले काँस्कीमा अहिलेसम्म कोही पनि व्यक्तिमा कोरोना संक्रमणको पोजेटिभ रिपोर्ट नभेटिएको बताएको छ । 

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले केही सञ्चारमाध्यममा पोखरामा कोरोना संक्रमणको पुष्टि भएको भन्दै समाचार आएपनि हालसम्म भएको जाँचमा पोखरामा भाइरसको संक्रमण पुष्टि नभएको शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका हुन् । 

उनले हालसम्म पोखरामा ७ जनाको नमुना परीक्षण भएको र सबैको रिपोर्ट नेगेटिभ आएको जानकारी दिए ।

शुक्रबार, २१ चैत्र २०७६, १६ : ४६

प्रतिक्रिया