मुस्ताी राजाका एकजना आफन्तको अमेरिकाो न्यूयोर्कमा निधन भएको छ । लोमान्थाङ घर भइ २० वर्षदेखि न्यूयोर्कको कुइन्सस्थित ज्याकशन हाइटक्षेत्रमा बस्दै आएका ४८ बर्षका थोक्मे बिष्टको बिरामी भएर अपार्टमेण्टमा आराम गरिरहेको समयमा मृत्यु भएको हो ।
सुरुमा टाउको दुख्ने र स्वास फेर्न गाह्रो हुने समस्या भएपछि सीटीएमडी र माउन्ट साइनाई अस्पतालमा जाँच गराएपनि अस्पतालले घरमै आराम गरेर बस्न पठाएका उनको हिँजो बिहान घरमै मृत्यु भएको छ ।
फोक्सोमा समस्या रहेको बताएको अस्पत्तालले उनको रिपोर्ट भने दिएको थिएन । केही दिनमा रिपोर्ट दिने भनेका विष्टको रिपोर्ट नआउँदै बिष्टको निधन भएको छ ।
कागजपत्र नभएका कारण २० बर्षदेखि अमेरिकाबाट नेपाल फर्कन नसेका बिष्टका दुईवटा छोरा र श्रीमति काठमाडौंमा बस्दै आएका छन् ।
हिजो विहान ९ बजे घरमै निधन भएपछि बेलुका ६ बजेतिर प्रहरी र मेडिकल टिमले शव लगेका उनको मृत्यु कोरोना भाइरसको कारणले गर्दा भएको हुनसक्ने आशंका गरिएपनि रिपोर्ट आउन भने बाँकी छ ।
मुस्ताङ घर भई न्युयोर्कको क्वीन्स जमैकामा बस्ने सोनाम लामाको पनि आफू बसेको ठाउँमै मृत्यु भएको छ ।
यो सँगै अमेरिकाको न्युयोर्कमा दुईसातामा ४ जना नेपालीको निधन भएको छ ।
आज बिहान मात्रै अजयमान छोंचुँको चुँको एल्महस्र्ट अस्पतालमा उपचारका क्रममा निधन भएको छ ।
केहीदिनदेखि बिरामी अवस्थामा रहेका उनको अर्जेन्ट केयरमा गएर चेकजाँच गर्दा ब्याक्टेरियल निमोनिया देखिएको थियो तर निधन भने हृदयघातबाट भएको भनिएको छ ।
त्यसअघि गत मार्च २४ मा न्यूयोर्कको कुइन्सस्थित ज्याकशन हाइटक्षेत्रमा बसोबास गर्दै आएका ५० बर्षिय अनिल लिम्बुको कोरोना संक्रमणबाट एल्महस्र्ट अस्पतालमा मृत्यु भएको थियो ।
यसैबीच अमेरिकामा करिब ५०० नेपाली कोरोना भाइरसको संक्रमित भएकाे चिकित्सकसमेत रहेका गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष डा. केशव पौडेलले बताएका छन् ।
तीमध्ये करिब आधाभन्दा बढी अपस्ताल भर्ना नभइ सेल्फ क्वारेन्टाइनमा बसेका छन्। तर यसको स्वतन्त्ररूपमा पुष्टि हुन भने सकेको छैन।
अमेरिकामा रहेको नेपाली दूतावासले नेपालीलाई कुनै समस्या परेको खण्डमा सम्पर्क गर्न टेलिफोन लाइन र अनलाइन फर्म खुला राखेको छ। अमेरिकाका लागि नेपालका राजदूत डा. अर्जुन कार्कीले भनेका छन्,'अमेरिकामा पर्यटन वा अन्य प्रयोजनका लागि भ्रमणमा आएका नेपालीलाई विषम परिस्थितिमा उत्पन्न समस्या र भिसालगायतको विषयमा सम्बोधनका लागि अमेरिकी सरकारसमक्ष आवश्यक प्रक्रियाका लागि कूटनीतिक पत्राचार गरिएको छ।'
अमेरिका गएका धेरै नेपालीहरु न्यूयोर्क, क्यालिफोर्निया, न्यूजर्सी, पेन्सलभेनिया र टेक्सास, मेरिल्याण्ड, न्यूह्याम्पसायर, कनेक्टिकट, भर्जिनिया, नर्थ क्यारोलिना, कोलोराडो, वासिङ्टन, इलोनोइजमा बसोबास गर्दै आएका छन्। त्यसमध्ये न्युयोर्कमा मात्र करिब ४० हजार नेपाली बसोबास गर्ने गरेको अनौपचारिक तथ्यांक छ।
एनआरएनए ग्लोबल हेल्थ कमिटीका अध्यक्ष डा. सञ्जीव सापकोटाले पनि करिब ५०० नेपाली कोरोना भाइरसको संक्रमित भएको देखिएको र तीमध्ये ८० प्रतिशतभन्दा बढी घरमा नै आइसोलेसनमा बसेका बताएका छन् ।
प्रतिक्रिया