प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिका सभापति कल्याणीकुमारी खड्काले रौतहट जिल्ला अस्पतालमा आवश्यक सङ्ख्यामा ‘आइसोलेसन कक्ष’ को व्यवस्था गर्न प्रदेश नं २ को सामाजिक विकासमन्त्री नवलकिशोर साहको ध्यानाकर्षण गराएका छन् ।
कोरोना भाइरस , (कोभिड–१९) को सम्भावित जोखिम न्यूनीकरण गर्न सङ्घ, प्रदेश र स्थानीय तहका बीच आ–आफ्नो ठाउँबाट स्रोतसाधनको अधिकतम उपयोगद्वारा हरसम्भव प्रयास गरिरहेको सभापति खड्काद्वारा आज यहाँ जारी सो ध्यानाकर्षण पत्रमा उल्लेख छ । रौतहटको जिल्ला अस्पतालमा हालसम्म पनि आइसोलेसन वार्डको व्यवस्था नभएकाले जनाउँदै उनले अस्पतालमा छिटो सो वार्ड बनाउन आग्रह गरेका छन् । सो अस्पतालको क्षमता ५० श्ययाको रहेको जनाइएको छ ।
प्रतिक्रिया