सरकारले लकडाउनको कारण घरमा बसेका कर्मचारीले घरबाटै काम गर्न निर्देशन दिएको छ ।
अत्यावश्यक सेवा बाहेकका सेवा बन्द गरेर घरमा बस्न भनेका राष्ट्रसेवक कर्मचारीलाई घरबाटै काम गर्न सरकारले निर्देशन जारी गरेको हो ।
संघीय तथा सामान्य प्रशासन मन्त्रालयले घरमा बसेका कर्मचारीहरुका लागि १० वटा काम दिएको छ ।
मन्त्रीस्तरको निर्णयअनुसार आफूभन्दा एक तहमाथिको कर्मचारीसँग नियमित सम्पर्कमा रहेर टेलिफोन, इन्टरनेटलगायतको प्रविधि प्रयोग गरेर घरबाटै गर्नसक्ने काम गर्न मन्त्रालयका सहसचिव बाबुराम अधिकारीले जारी गरेको सूचनामा भनिएको छ ।
त्यस्तै, कोरोना भाइरस संक्रमणको जोखिमबाट बच्न सरकारको निर्देशनलाई पालना गर्न परिवारका सदस्य र सम्पर्कमा रहेका व्यक्तिहरूलाई सहजीकरण गर्ने, आफू बसेको ठाउँ वरपर कोभिड–१९ प्रभावित स्थानबाट आएका व्यक्तिलाई क्वारेन्टाइनमा बस्न अनुरोध गर्ने नबसेको पाइए वडा कार्यालय, प्रहरी प्रशासनमा खबर गर्न भनिएको छ ।
त्यस्तै मन्त्रालयले सरकारका निकाय तथा स्थानीय तहबाट संचालन गरिएका लगत संकन राहत वितर जस्ता कार्यमा सहयोग पुर्याउन, दैनिक उपभोग्य वस्तुहरूको मूल्य अस्वाभाविक रूपमा बढेको पाइएमा सोको जानकारी वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागरकार्यालरप्रमुख जिल्ला अधिकारीरस्थानीय तह तथा नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन भनेको छ ।


प्रतिक्रिया