त्रिभुवन विश्वविद्यालयको जेठसम्मका सबै परीक्षा स्थगित

शुक्रबार, २८ चैत्र २०७६, ११ : ३१

त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले वैशाख र जेठमा संचालन  गरिने परीक्षा कार्यक्रम स्थगित गरेको छ । 
त्रिविको केन्द्रिय परीक्षा सञ्चालक समितिको बुधबार बसेको बैठकले वैशाख र जेठमा संचालन  गरिने  विज्ञान तथा प्रविधि अध्ययन संस्थान, व्यवस्थापन संकाय र शिक्षा शास्त्र संकाय तर्फका ४ वर्षे बीएस्सी, बीबीएस र बीएड चौथो वर्षका नियमित तथा आंशिक  परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । 
यस्तै पोष्ट ग्राजुएट डिप्लोमा इन काउन्सेलिङ साइकोलोजी, स्कुल साइकोलोजी र पोष्ट ग्राजुएट इन उमन स्टडीजका पुरा तथा आंशिक परीक्षा पनि स्थगन गरिएको त्रिविले जनाएको छ ।


 

शुक्रबार, २८ चैत्र २०७६, ११ : ३१

प्रतिक्रिया