मुख्यमन्त्री राईद्वारा  प्रयोगशाला निरीक्षण

शुक्रबार, २८ चैत्र २०७६, १५ : ३२

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई र सामाजिक विकासमन्त्री जीवन घिमिरेले कोशी अस्पतालले काभिड–१९ का शङ्कास्पद बिरामीको स्वाब परीक्षण गर्न सञ्चालनमा ल्याउन लागेको प्रयोगशालाको आज निरीक्षण गरे । 

सो अवसरमा मुख्यमन्त्री राईले प्रयोगशाला काठमाडौँ पछिको ठूलो क्षमताको रहेको र  दैनिक २०० सम्मको थ्रोट स्वाब नमूना परीक्षण गर्न सकिने जानकारी दिए । सो अस्पतालका प्रमुख डा संगीता मिश्राले आजै साँझदेखि स्वाबको परीक्षण शुरु हुने जानकारी दिए । पहिलो चरणमा ६०० को नमूना सङ्कलन गर्न पुग्ने केमिकल ल्याइएको वीर अस्पतालका विज्ञ बलराम गौतमले बताए । 
    
यसैबीच क्वारेन्टाइनमा बसेकाको ¥यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) का लागि  प्रदेशका चार स्थानमा टोली खटाइएको छ ।  मोरङको टाँडी, झापाको मेचीनगर र भद्रपुर, सुनसरीको धरान र उदयपुरको बेलसोतमा क्वारेन्टाइनमा बसेकाको आरडिटीका लागि टोली प्रस्थान गरेको सामाजिक विकासमन्त्री घिमिरेले जानकारी दिए । प्रदेशका १४ वटा जिल्लामा रहेका क्वारेन्टाइनमा बसेकाको परीक्षणका लागि आवश्यक सामान, किट र पिपिइ पठाइसक्ने बताए । आवश्यक उपकरण र केमिकल बिहीबार हेलिकप्टरबाट यहाँ ल्याइएको थियो ।
 

शुक्रबार, २८ चैत्र २०७६, १५ : ३२

प्रतिक्रिया