१० एसएसपीलाई प्रहरी नायब महानिरीक्षकमा बढुवा सिफारिस

शनिबार, २९ चैत्र २०७६, ०८ : ४१

नेपाल प्रहरीतर्फ १० प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी लाई प्रहरी नायब महानिरीक्षकमा बढुवा सिफारिस गरिएको छ ।
 
प्रहरी नियमावली २०७१ ९संसोधनसहित० को नियम २७ को उपनियम ९४० अनुसार बढुवा सिफारिस समितिको यही चैत २८ गतेको निर्णयले बढुवा सिफारिस गरिएको प्रहरी अतिरिक्त महानिरीक्षक शैलेश थापा क्षेत्रीले जानकारी दिए ।
 
बढुवा सिफारिसमा परेका एसएसपीहरुमा घनश्याम अर्याल, प्रकाशजङ्ग कार्की, वसन्तकुमार पन्त, ईश्वरबाबु कार्की, धिरजप्रताप सिंह, वसन्तकुमार लामा, रवीन्द्रबहादुर धानुक, उत्तमराज सुवेदी र अरुणकुमार बिसी रहेका छन । गृहसचिवको नेतृत्वमा उक्त बढुवा समिति रहेको छ । 

शनिबार, २९ चैत्र २०७६, ०८ : ४१

प्रतिक्रिया