यी चार राजदूतद्वारा एकएक महीनाको तलब कोषमा

आइतबार, ३० चैत्र २०७६, १३ : ४३

दक्षिणपूर्व एशिया तथा प्रशान्त क्षेत्रमा कार्यरत चार नेपाली राजदूतले नेपाल सरकारद्वारा स्थापित कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा आआफ्नो एकएक महिनाको तलब प्रदान गर्ने भएका छन । 

अष्ट्रेलिया लागि नेपाली राजदूत महेशराज दाहालले आफूहरुको सो सामूहिक निर्णयबारे राससलाई जानकारी दिए ।

नेपाली राजदूतहरु मलेसियाका लागि उदयराज पाण्डे, म्यानमाका लागि  भीमकृष्ण उदास, अष्ट्रेलियाका लागि दाहाल र थाइल्याण्डका लागि गणेशप्रसाद ढकालले कोषमा योगदान गर्ने घोषणा गरेका हुन ।

आइतबार, ३० चैत्र २०७६, १३ : ४३

प्रतिक्रिया