हिमानी कोषले शाहबाट उपलब्ध २ करोड रुपैयाँ प्रम कोषलाई आज हस्तान्तरण

आइतबार, ३० चैत्र २०७६, १५ : ५६

पूर्वराजा ज्ञानेन्द्र शाहले उपलब्ध गराएको २ करोड रुपैयाँ कोरोना रोकथाम, राहत तथा उपचार कोषमा जम्मा गरिएको छ । 

हिमानी कोषले शाहबाट उपलब्ध २ करोड रुपैयाँ प्रधानमन्त्रीले स्थापना गरेको कोषलाई आइतबार हस्तान्तरण गरेको हो ।
 
हिमानी कोषका कर्मचारीहरुमार्फत प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयका सचिव महेन्द्र गुरागाईँले उक्त रकम बराबरको चेक बुझेको कोषले एक विज्ञप्तिमार्फत जनाएको छ । 

रकम हस्तान्तरण गर्दै हिमानी कोषले कोभिड १९ महामारीबाट नेपालीलाई बचाउन उक्त रकम सहि सदुपयोग होस् भन्ने हिमानी कोष र पूर्वराजाको चाहना रहेको जानकारी गराएको थियो ।

आइतबार, ३० चैत्र २०७६, १५ : ५६

प्रतिक्रिया