कोरोना भाइरस संक्रमितको संख्या १६ पुगेपछि परीक्षणको दायरा फराकिलो

मंगलबार, ०२ बैशाख २०७७, १७ : १३

नेपालमा कोरोना भाइरस (कोभिड—१९) संक्रमितको संख्या १६ पुगेको छ । 

पेप्सीकोला टाउन प्लानिङमा रहेको सनसिटी अपार्टमेन्टमा बस्दै आएका दुई जनामा कोरोना पोजेटिभ देखिएसँगै संक्रमितको संख्या १६ पुगेको हो ।

बेलायतबाट आएका एकै परिवारका तीन जनामा बैशाख १ गते आरडीटी (¥यापिड डाइग्नोष्टिक) विधिबाट परीक्षण गर्दा पोजेटिभ देखिएको थियो ।

पाटन अस्पतालमा पिसिआर विधि (स्वाव नमुना परीक्षण) बाट थप परीक्षण गर्दा २ जनामा पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए । एक जनाको रिपोर्ट आउन भने बाँकी रहेको छ । उनीहरुको सम्पर्कमा आएका व्यक्तिहरुको कन्ट्याक्ट ट्रेसिङको काम भइरहेको प्रवक्ता डा. देवकोटाले बताए ।

अहिले कैलालीमा ५, वीरगञ्जमा ४, बागलुङमा २ जनाको उपचार भइरहेको छ । यसैगरी राष्ट्रिय प्रयोगशाला टेकुमा २ र पाटन अस्पतालमा २ जनाको उपचार भइरहेको छ । एकजना उपचारपछि घर फर्किसकेका छन् ।

सरकारले परीक्षणको दायर फराकिलो बनाएको छ । अहिलेसम्म स्वाव नमुना परीक्षण (पिसिआर) विधिबाट ६ हजार २ सय ९९ जनाको परीक्षण गरिएको छ ।

पछिल्लो २४ मा ५ सय ८४ वटा नमुना परीक्षण भएको मन्त्रालयले जनाएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोशालामा मात्रै ४ हजार ८ सय १९ वटा जनाको परीक्षण भएको पछिल्लो २४ घण्टामा मा ३ सय ८७ जनाको नमुना परीक्षण गरिएको प्रवक्ता डा. देवकोटाले बताए ।

प्रयोशाला बाहिर अहिलेसम्म १ हजार ४ सय ८० जनाको नमुना परीक्षण भएको  छ । पछिल्लो २४ घण्टामा मात्रै मा १ सय ९७ वटा परीक्षण भएका छन् ।

-यापिड डाइग्नोष्टिक विधि (आरडिटी) बाट अहिलेसम्म ६ हजार ६ सय ७ वटा परीक्षण भएका छन् । पछिल्लो २४ घण्टामा मात्रै मा १३ सय १६ वटा परीक्षण भएको मन्त्रालयले जनाएको छ ।

अहिले ५ हजार ७ सय ७१ जना क्वारेन्टाइनमा रहेका छन् । उपत्यकामा १२ र उपत्यकाबाहिर ८७ गरी ९९ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

-यापिड किटलाई विदेशबाट आएका व्यक्तिहरुको परीक्षणलाई तिव्रता दिइएको छ । देशभरी नै किट वितरण गरिएपनि अझै २१ जिल्लामा परीक्षण हुन बाँकी रहेको मन्त्रालयले जनाएको छ ।

मंगलबार, ०२ बैशाख २०७७, १७ : १३

प्रतिक्रिया