नेपालमा लगातार निको हुँदै कोरोना भाइरस संक्रमित, दुई जना घर फर्के

शनिबार, ०६ बैशाख २०७७, १४ : ५९

नेपालमा कोरोना भाइरस संक्रमण भेटिएका पहिलो र दोश्रो संक्रमित लगातार निको भएर घर फर्केका छन् । कोरोना भाइरस संक्रमण भेटिएकी काठमाडौं मैतिदेविकी १९ वर्षीया प्रसिद्धी श्रेष्ठ आज निको भएर घर फर्केसँगै नेपालमा संक्रमण भेटिएकाहरु लगातार निको हुन थालेको हो । 

यसअघि गत माघ ९ गते संक्रमण पुष्टि भएका पहिलो संक्रमित चीनबाट फर्केका पहिलो संक्रमित  युवक उतिबेलै  निको घर फर्केका थिए ।  

चैत १० गते संक्रमण भएको पुष्टि भएकी मैतीदेविकी श्रेष्ठको सबै रिपोर्ट नेगेटिभ आएसँगै अस्पतालले शनिबार डिस्चार्ज गरेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले जनाएको छ । 

फ्रान्सबाट चैत ४ गते कतार हुँदै नेपाल आएकी श्रेष्ठको चैत १० देखि नै  सरुवा रोग अस्पतालको आइसोलेसनमा वार्डमा उपचारका लागि भर्ना गरेर उपचार थालिएको थियो । 

त्यहाँ उनको २७ दिन उपचार भयो । अस्पतालबाट बाहिर निस्कँदै उनले आफू पूर्ण रुपमा निको भएर घर फर्किएको प्रतिक्रिया दिइन् । आफ्नो उपचारमा चिकित्सक र स्वास्थ्यकर्मीले राम्रो सहयोग गरेको पनि उनले बताएकी छन् । 

उनको शुक्रबार गरिएको कोरोना संक्रमण परीक्षणको रिपोर्ट नेगेटिभ आएको थियो । शनिबारको रिपोर्ट पनि नेगेटिभ आएकाले डिस्चार्ज गरिएको अस्पतालका प्रवक्ता डा. अनुप बास्तोलाले बताए ।

स्वदेश फर्कनका ालगि फ्रान्सदेखि  कतारसम्म अउने क्रममा सँगै जहाजमा आएको भियतनामको साथीमा कोरोना  सं‌क्रमण पुष्टि भएको थाहा पाएपछि उनी स्वास्थ्य जाँचका लागि चैत ९ गते टेकु अस्पताल पुगेकी थिइन् । 

त्यहाँ नमुना जाँच गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो । उनलाई कोरोना संक्रमण देखिएपछि सरकारले उनी आएको कतार एयरवेजको क्यू आर ६५२ को जहाजमा आएका अन्य यात्रुको खोजी गरी जाँच गरेको थियो । 
त्यस क्रममा बागलुङका अरु दुई जना नेपालीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरुको धौलागिरि अस्पतालमा उपचाररत भइरहेको छ । 

टेकु अस्पतालमै उपचाररत यूएईबाट आएका धादिङका अर्का युवाको स्वास्थ्य अवस्था सामान्य रहेको निर्देशक डा. सागरराज भण्डारीले जानकारी दिए।

डा. भण्डारीका अनुसार उपचाररत अधिकांश संक्रमितमा कुनै पनि लक्षण भेटिएको छैन । 

नेपालमा अहिलेसम्म ३० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। संक्रमितको संख्या सबैभन्दा बढी प्रदेश १ र सुदूरपश्चिम प्रदेशमा रहेको छ।

शनिबार, ०६ बैशाख २०७७, १४ : ५९

प्रतिक्रिया