नेपालमा कोरोना संक्रमण भएकी १९ वर्षीया युवतीले कोरोना संक्रमण भइहालेपनि आत्मबल उच्च बनाउन आग्रह गरेकी छन् ।
उच्च मनोबलले रोगलाई जित्न ठूलो सहयोग पुग्ने भन्दै उनले कोरोना संक्रमण भइहाले नआत्तिन आग्रह गरेकी हुन् ।
उनले कोरोना संक्रमण परिवार र समुदायमा फैलन नदिन सेल्फ आईसोलेसन महत्पूर्ण कुरा भएकोले शंका लागेका व्यक्तिलाई सेल्फ आईसोलेनमा बस्न पनि आग्रह गरिन् ।
‘म बाहिरबाट आएपछि सेल्फ आईसोलेनमा बसेकी थिएँ, यदी म नबसेको भए मेरो परिवार र परिवारबाट समुददायमा कोरोना संक्रमण फैलने डर हुन्थ्यो’, उनले भनिन्, ‘त्यसैले कसैलाई शंका लागेमा सेल्फ आईसोलेनमा बस्नुहोला, सेल्फ आईसोलेसन महत्पपूर्ण कुरा हो । ’
उनले सरकारले दिएको सुविधा अनुसार संक्रमण परिक्षण गराउन पनि सबैलाई आग्रह गरेकी छन् । ‘मास्क, ग्लोब्स, चस्माहरु लगाउनुहोला र सरकारले टेष्टिङको सुविधा दिएको छ, टेष्टिङ गर्नुहोला’, उनले भनिन् ।
उनले आफूलाई बँचाउन डक्टर, नर्स तथा अन्य स्वास्थ्यकर्मीले निकै ठूलो योगदान गरेको भन्दै धन्यवाद दिइन् ।
कोरोना संक्रमण फैलन नदिन जनचेतनाका लागि मिडियाको पनि महत्वपूर्ण भूमिका हुने भन्दै उनले मिडिायालाई धन्यावद समेत दिईन् ।
प्रतिक्रिया