नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ३१ पुगेको छ ।
आज शनिबार एकजनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ३१ पुगेको हो ।
आज ६५ वर्षका एक पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमोयोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले उदयपुरमा थप एक जनामा सङ्क्रमण देखिएको बताए ।
उनले शुक्रबार उदयपुरमा देखिएका १२ जनाको समूहकै व्यक्तिमा आज परीक्षणका क्रममा सङ्क्रमण देखिएको जानकारी दिए । उनका अनुसार ती व्यक्ति उदयपुरका ६५ वर्षीय पुरुष हुन् । उनका अनुसार सङ्क्रमित नेपाल वा भारती हुन भन्नेबारे अझै विस्तृत विवरण प्राप्त हुन सकेको छैन ।
योसँगै नेपालमा सङ्क्रमितको सङ्ख्या ३१ पुगेको छ । शुक्रबार उदयपुरमा एक मस्जिदमा रहेका १२ जनामा सङ्क्रमण देखिएको थियो ।
मन्त्रालयका सहप्रवक्ता डा समीर अधिकारीले कोशी अस्पतालमा परीक्षणका क्रममा सङ्क्रमण देखिएको बताए । उनले सङ्क्रमितका नजिकका आफन्तको कन्ट्याक टे«सिङ पनि शुरु गरिएको जानकारी दिए ।
नेपालमा पहिलो पटक गत माघ ९ गते र दोस्रो पटक चैत १० गते विदेशबाट आएका मानिसमा सङ्क्रमित देखिएको थियो । जसमध्ये ३ जना निको भएर घर फर्किएका छन् ।
शनिबारमात्रै नेपालमा दोश्रोपटक भाइरस संक्रमण भेटिएकी १९ वर्षीया युवती र बाग्लुङ्गकी अर्की महिला पनि निकाे भएर फर्केका छन् ।
पहिलो पटक संक्रमण भेटिएका युवा फागुनमै फर्केका थिए ।
निको हुने क्रम शुरु भएसँगै संक्रमितहरु थपिने क्रम पनि रोकिएको छैन ।
प्रतिक्रिया