६ नम्बर प्रदेशको नाम अब कर्णाली, राजधानी सुर्खेत पक्का

६ बर्ष अगाडि


सुर्खेत- प्रदेश नंं. ६ को नामाकरण गरिएको छ । आज बसेको चौथो संसद वैठकले यो प्रदेशको नामाकरण गरेको हो । नेकपा एमालेका सा‌ंसद दलका नेता यामलाल कंडेलले संसदमा प्रदेशको नाम कर्णाली राखियोस् भन्ने प्रस्ताव पेश गरेका थिए । उक्त प्रस्ताव सर्वसम्मत पारित भएको हाे ।

कंडेलको प्रस्तावमाथि समर्थन जनाउँदै कांग्रेस सांसद दिनबन्धु श्रेष्ठले प्रदेश नंं ६ को समग्र पहिचान कर्णालीले सम्बोधन गर्ने हुनाले उक्त नाम उपयुक्त भएको जिकिर गरे । यो प्रदेशको ऐतिहासिक पहिचान नै कर्णाली भएकाले पनि राष्टिय र अन्तर्राष्टि रुपमा चिनाउका लागि कर्णाली नाम राखिनुपर्नेमा उनले जोड दिए ।

यस्तै नेकपा माओवादी केन्द्रका सांसद वीरबहादुर शाहीले पनि उक्त प्रस्तावमाथि समर्थन जनाउँदै प्रदेशको नाम कर्णाली राख्नुको विकल्प नभएको बताए । त्यसैगरी राष्टिय प्रजातन्त्र पार्टीका सांसद शोसिला शाहीले पनि प्रदेशको नामाकरण सम्बन्धि कंडेलको प्रस्तावमा समर्थन जनाएकी थिईन् ।


बैठकमा सभामुख राजबहादुर शाहीले एमाले नेता यामलाल कंडेलले पेश गरेको ‘कर्णाली प्रदेश र राजधानी सुर्खेत’ भन्ने प्रस्ताव पारित भएको घोषणा गरेका थिए ।

६ बर्ष अगाडि

प्रतिक्रिया