सुनसहित विमानस्थलबाट आठ जना पक्राउ

५ बर्ष अगाडि

काठमाडौं–महानगरीय विमानस्थल सुरक्षा कार्यालयले बैंकक र कतारबाट आठ यात्रुले अवैध रूपमा ल्याएको ७ सय ९५ ग्राम सुन बरामद गरेको छ । प्रहरीका अनुसार बरामद सुनको बजार मूल्य ३९ लाख ८० हजार ६४ रुपैयाँ छ । 

नियमित जाँचका क्रममा नेपाल वायु सेवा निगमको उडानमा बैंककबाट आएका सात र हिमालय एअरलाइन्सको उडानमा कतारबाट आएका एक यात्रुबाट सुन बरामद भएको हो । पक्राउ परेकाहरूलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गौचरस्थित भन्सार कार्यालयमा बुझाएको छ । कान्तिपुर दैनिकमा खबर छापिएको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया